Logo
३१ साउन २०८३, आईतबार

अकासियाे सुनकाे मूल्य, ताेलाकै दुई लाख ६ हजार नजिक

अक्षरपाटी
२०८२ भदौ १७ , मंगलबार ०१:०९ मा प्रकाशित

काठमाडौं । सुनको मुल्य निरन्तर उकालाे लागेकाे छ।

नेपाली बजारमा मंगलबार सुनको मूल्यले मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हाे। त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ।

भदौं १६ गते सोमबार प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर दुई लाख पाँच हजार ३०० रुपैयाँमा काराेबार भएको सुन आज दुई लाख पाँच हजार ९ सयमा काराेबार भइरहेकाे छ।

आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।