काठमाडौं । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाली बजारमा सुनको मूल्य आज २ लाख ७ हजार ९ सय पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो। चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी प्रतितोला दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी दुई हजार ४८५ रुपैयाँ तोला कारोबार भएको थियो।
सुन