Logo
१९ भदौ २०८२, बिहीबार

आनन्द कार्की र ममताको आवाजमा ‘जाली रुमाल फुलबुट्टे’

अक्षरपाटी
२०८२ भदौ १८ , बुधबार ०८:०९ मा प्रकाशित

काठमाडौं । नेपाली सुगम संगीत एवं पार्श्व गायनका सदाबहार गायक आनन्द कार्की र ममता गुरुङको युगल स्वरमा ‘जाली रुमाल फुलबुट्टे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘हाइटेक इन्टरटेन्टमेन्ट’ले निर्माण गरेको गीतमा सुष्मा सिग्देलको शब्दरचना र अनिल शाहीको संगीत रहेको छ। गीतलाई अनिल शाहीले नै एरेन्ज गरेका हुन् ।

आनन्द कार्की, ममता गुरुङ र सरोज प्रजाको अभिनय रहेको भिडियोमा सागर बस्नेतको सिनेमाटोग्राफी, प्रमोद के भण्डारीको कोरियोग्राफी र विकास दाहालको सम्पादन रहेको छ।

युवा निर्देशक युवराज वाइबाले भिडियोको निर्देशन गरेका हुन । ‘जाली रुमाल फुलबुट्टे’ को भिडियोलाई ‘हाइटेक इन्टरटेन्टमेन्ट’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

आनन्द कार्की गीत