काठमाडौं। पुर्वपश्चिम र पूर्वी नेपालसँग जोड्ने मुग्लिन-नारायणगढ सडक पहिरोका कारण अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
मुग्लिनबाट करिब साढे दुई किलोमिटर नारायणगढतर्फ माथिबाट ठूलै पहाड सडकमा खसेको प्रहरीले जनाएको छ।
राति भएका कारण पहिरो पन्छाउने काम नसकिएकोले दुईतर्फी जाम भएको छ।
सवारी आवागमन अवरुद्ध भएपछि सैयौँ यात्रु बाटोमै अलपत्र परेका छन्।
पहिरो मुग्लिन-नारायणगढ