Logo
२४ साउन २०८३, आईतबार

प्रति तोला ११ सयले बढ्यो सुनको मूल्य

अक्षरपाटी
२०८२ असोज ५ , आईतबार ११:०९ मा प्रकाशित

काठमाडौं। आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो। चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।