काठमाडौं। सञ्चार तथा सूचना प्रवधिमन्त्री जगदिश खरेलसहित विभिन्न व्यक्तित्व सम्मानित तथा पुरस्कृत भएका छन्।
रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व हरिप्रसाद रिमालका साथै उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले सो सम्मान तथा पुरस्कार प्रदान गरेको हो।
रिमालले कला साहित्य तथा रङ्गमञ्चमा पु¥याएको योगदानको स्मरण गर्दै हरेक वर्ष असोज २ गते रिमालको जन्मजयन्तीको अवसर पारेर कला साहित्य तथा पत्रकारिता जगतका विशिष्ट व्यक्तित्वलाई सम्मानित र पुरस्कृत गरिँदै आएको थियो।
यस वर्ष जेनजी आन्दोलनका कारण स्थगित कार्यक्रम प्रतिष्ठानले बिहिवार आयोजना गरेको हो।
यसपटक रिमालको १०१औ जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले लघुत्तम चलचित्र महोत्सवको आयोजना गर्दै कला साहित्य तथा पत्रकारिता जगतका विशिष्ट व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरिएको हो।
कार्यक्रममा हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मान पुरस्कारबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेललाई नगद २१ हजार १ रुपियाँसहित सम्मानित गरिएको छ।
त्यसै गरी हरिप्रसाद रिमाल नाट्य संगीत सम्मान पुरस्कारबाट गायिका मिरा राणालाई ३१ हजार १ र हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मान पुरस्कारबाट पप गायक तथा बुद्ध वाज बर्न इन नेपालका अभियन्ता धिरज राईलाई २१ हजार १ रुपियाँसहित सम्मान गरिएको छ।
समारोहमा स्वागत मन्तव्य प्रस्तुत गर्दै अभिनेता निर्देशक तथा प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाले सञ्चरामन्त्री जगदीश खरेल मन्त्री हुनुअघि नै उनलाई सम्मान गर्ने कार्यक्रम तय भएको जानकारी गराए।
सम्मनित भएपछि सञ्चारमन्त्री खरेलले आफू कार्यक्रममा सञ्चारमन्त्रीको रुपमा नभई सञ्चाकर्मीका रुपमा आएको बताए।
जगदिश खरेल