Logo
३० असोज २०८२, बिहीबार

ध्वनी प्रदुषण गर्ने ३०४ मोटरसाइकल प्रहरी नियन्त्रणमा

अक्षरपाटी
२०८२ असोज ३० , बिहीबार ११:१० मा प्रकाशित

काठमाडौं। काठमाडौं र कास्की जिल्लामा स्वरुप परिवर्तन गरिएका ३ सयभन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकलको पार्टपूर्जा परिवर्तन गरेर स्वरुप नै बदलिएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

मोटरसाइकलको स्वरुफ फेरेर सडकमा ध्वनी प्रदुषण गर्ने र समाजमा शान्ति सुव्यवस्था खलल पुर्याएको भन्दै प्रहरीले तीँ मोटरसाइकल नियन्त्रणमा लिएको हो।

यसरी स्वरुप परिवर्तन गरेर बजारमा होहल्ला मच्चाउँदै हुँइकले बाइक काठमाडौं उपत्यकाभित्र २०० र कास्की जिल्लामा १०४ वटा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्ता माेटरसाइकलले वृद्धवृद्धा, बालबालिका, बिरामीलगायत सामान्य मानिसमा समेत झिजाेलाग्ने, मानसिक समस्या सिर्जना गर्ने र श्रवण शक्तिमा समस्या ल्याउने गरेकाे छ।

उनीहरुको स्वरुप यथावत गरिनुका साथै ऐनअनुसारको कारवाही गरिने प्रहरीले जनाएको छ।