काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरूले प्रभु बैंकमार्फत सहज, छरितो र सुविधा सम्पन्न बैंकिङ सेवा प्राप्त गर्नेछन् ।
सम्झौतामा आरम्भ चौतारी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका प्रदेश प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौता मार्फत लघुवित्तका कर्मचारीहरूले प्रभु बैंकको अत्याधुनिक डिजिटल बैंकिङ सेवा, विभिन्न बैंकिङ सुविधामा विशेष छुट तथा प्राथमिक सेवा सुविधा पाउनेछन् ।
प्रभु बैंकले हाल देशभर ३१२ शाखा, २८६ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ । “बिश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नाराका साथ सेवा प्रवाह गर्दै आएको बैंकले हालै “बैंक अफ द इयर २०२३”, “फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४” तथा “युरोमनी नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई–२०२५” जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
सम्झौता पश्चात दुवै संस्थाले कर्मचारी र ग्राहकहरूलाई अझ सहज र गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।