Logo
२ कात्तिक २०८२, शनिबार

ओलीको भूमिकाप्रति सर्वत्र शंसय, निर्वाचनमा नजाने घोषणाप्रति राष्ट्रपति बेखुश, सुरक्षा प्रमुखसँग छलफल

अक्षरपाटी
२०८२ कात्तिक २ , शनिबार ०१:१० मा प्रकाशित

काठमाडौं। २३ भदौमा जेनजी पुस्ताले काठमाडौंमा शान्तिपूर्ण आन्दोलन सुरु गर्यो। केपी ओली नेतृत्वको सरकारले स्कुले विद्यार्थीसमेतलाई ताकेरै गोली वर्सायो।

उक्त दमनको प्रतिक्रिया भदौ २४ गने जेनजी आन्दोलनले उग्र रुप थियो। आँधीवेहरी झैँ भएको सो बिद्रोहमा दलीयदेखि अन्य घुषपैठका कारण देशका प्रमुख निकाय खरानी बने।

बहालवाला प्रधानमन्त्री केपी ओली सेनाको हलिकोप्टर चढेर कुलेलम ठोके। ज्यान जोगाउन भागेका ओली करिब आधा मैनापछि सार्वजनिक भए।

आपतकालमा आफैले सिफारिस गरेर गठन भएको सुशीलाका कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ का लागि निर्वाचन घोषण गरेको छ।

तर आफ्नै सिफारिसमा बनेको सरकारले घोषणा गरेको निर्वाचनमा आफूहरु सहभागी नहुने भनेर ओलीले नै घोषणा गरेपछि अहिले ओली मात्र होइन उनको अभिव्यक्तिले एमाले पार्टीप्रति नै शंसय सिर्जना गरेको छ।

पार्टीभित्रै नेतृत्व छाड्न बहुमत सदस्यले दबाब दिइरहेका ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक समापनका क्रममा सम्बोधन गर्दै आगामी २१ फागुनको निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए।

ओलीको उक्त हठ र दम्भप्रति राष्ट्रपति रामचन्द्र पौडेल नाखुश भएका छन्। आज शनिबार वौद्धिक समुदायसँगको छलफलमा राष्ट्रपति पौडेलले ओलीको उक्त घोषणप्रति असन्तुष्टि जनाएको एक सहभागीले बताए।

त्यो मात्र होइन निकै जटिल र असमन्जसको अवस्थामा निकै जुक्तिले जोगाएको संविधान र ओली आफैले सिफारिस गरेको सरकारले सम्पन्न गर्न लागेको निर्वाचनमा भाग लिँदैन भन्नुले शंसय जन्माएको आसय समेत राष्ट्पतिले व्यक्त गरेको एक अर्का सहभागीले अक्षरपाटीलाई बताए।

पछिल्लो समय राष्ट्रपति पौडेलले विभिन्न दलका नेता, नागरिक अगुवा, वौद्धिक समाजका व्यक्तिहरु, सुरक्षा निकायमा प्रमुख र सरकारसँगको वार्तालाई बाक्लो बनाएका छन्।

आज शनिबार पनि उनले सुरक्षा निकायका प्रमुखसहित सरकारसँग छलफल थालेका छन्। साे छलफलमा चारवटै सुरक्षा निकायका प्रमुख र सरकारकाे सहभागित छ।

ओली र उनी निकट केही नेताले निर्वाचनमा सहभागी नहुने अभिव्यक्ति दिने र विभिन्न कार्यक्रममा परिवर्तनकारी नयाँ पुस्तालाई चुनौति दिने काम गरिरहेकोप्रति सरकार समेत असन्तुष्ट बनेको छ।

गृहमन्त्रीले त ओलीप्रति संकेत गर्दै ‘केही तत्वले अवस्थालाई सहज बनाएर होइन, थप धमिलो बनाएर देशको स्थिति थप खराब गर्ने मनसायलाई सरकारले मिहिन ढंगले हेरिरहेको’ अभिव्यक्ति दिइसकेका छन्।

केपी ओली रामचन्द्र पाैडेल राष्ट्रपति