काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ प्राप्त गरेको छ। संयुक्त राज्य अमेरिकामा शनिबार आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिहरूले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरे।
बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डमा आधारित मूल्याङ्कनमा ग्लोबल आइएमई बैंक नेपालकै उत्कृष्ट बैंकको रूपमा चयन भएको हो।
यो अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार दुई वर्षसम्म ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ। बैंकले २०२४ मा पनि यही सम्मान प्राप्त गरेको थियो।
अध्यक्ष ढकालले अवार्ड प्राप्ति पश्चात् भने, “यो सम्मानले हामीलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ। यसमा योगदान दिने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, सेयरधनी, कर्मचारी र सम्पूर्ण ग्राहकवर्गमा हार्दिक आभार व्यक्त गर्दछु।”
ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया–प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोपका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको छ। ग्लोबल आइएमई बैंक यो प्रतिष्ठित अवार्ड पाउने पहिलो नेपाली बैंक पनि हो।
अवार्डको सूचीमा यस वर्ष एचएसबीसी (हङकङ), स्टेट बैंक अफ इन्डिया (भारत), चाइना कन्स्ट्रक्सन बैंक (चीन), यूओबी (मलेसिया), सिटी बैंक (बङ्लादेश), एसएमबीसी (जापान) लगायतका बैंकसमेत सम्मानित भएका छन्।
ग्लोबल आइएमई बैंकले नेपाली ग्राहकका लागि समयसापेक्ष नवीनतम सेवा प्रदान गर्दै आइरहेको छ भने विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा समेत सञ्चालन गर्दै आएको छ। बैंकसँग देशभरि ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ विदेश प्रतिनिधि कार्यालय छन्।
यस अघि पनि बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक