Logo
५ कात्तिक २०८२, मंगलबार

संवादका लागि सात दललाई प्रधानमन्त्री सुशीलाको निम्तो

अक्षरपाटी
२०८२ कात्तिक ५ , मंगलबार १०:१० मा प्रकाशित

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संवादका लागि सात दललाई निम्तो गरेकी छन्।

आसन्न निर्वाचनका सम्वन्धमा छलफलका लागि सात दलका शीर्ष नेतालाई बोलाइएको बालुवाटार स्रोतले जनाएको छ।

आज दिउँसो ४ बजेका लागि सात दललाई बालुवाटार बोलाइएको हो।

उक्त छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।