Logo
१९ वैशाख २०८३, शनिबार

एनआईसी बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

अक्षरपाटी
२०८२ कात्तिक २८ , शुक्रबार ०१:११ मा प्रकाशित

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।

बैक र होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले रविभवन, काठमाडौंमा रहेको सो होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

बैंकका ग्राहक्ले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पालगायतकामा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने सम्झौतामा उल्लेख छ।

यो सुविधा उपयोग गर्न ग्राहकले एनआईसी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ।

एनआइसी एसिया बैंक