Logo
२८ मंसीर २०८२, आईतबार

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अक्षरपाटी
२०८२ मंसीर २८ , आईतबार ०४:१२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदातलमा मुद्दा दायर गरेको हो । स्रोतका अनुसार उनीविरुद्ध साढे ३ करोड बढीको अकुत सम्पत्तिको मुद्दा दायर भएको छ ।

उनी गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत हुन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-३ बाट उनको नाम एकल सिफारिस भएको छ ।

नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )