
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी कानुन तथा व्यवस्थापनका विषयमा छलफल हुने भएको छ।
छलफलमा राजनीतिक दलका प्रतिनिधि तथा नागरिक प्रतिनिधिहरू सहभागी हुनेछन्।
छलफल कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगले आ–आफ्नो प्रस्तुतीकरण गर्ने कार्यसूची रहेको छ। निर्वाचन कानुन, व्यवस्थापन प्रक्रिया तथा सुधारका सम्भावनाबारे केन्द्रित रहेर छलफल हुने बताइएको छ।
कार्यक्रम आज (सोमबार) दिउँसो १ बजे सिंहदरबारमा हुनेछ।



