Logo
२० साउन २०८३, बुधबार

१३ प्रतिशत लाभांस दिँदै नागरिक लगानी कोष

अक्षरपाटी
२०८२ पुस ७ , सोमबार ०६:१२ मा प्रकाशित

काठमाडौं। नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने भएको छ।

५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद (कर प्रयोजन समेत) गरी कोषले १३ प्रतिशत लाभांश दिने भएको हो।

कोष सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट उक्त लाभांश दिने घोषणा गरेको हो।

लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि कोषले आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गरिनेछ।

अघिल्लो आर्थिक वर्षको नाफाबाट पनि कोषले १३ प्रतिशत नै लाभांश दिएको थियो।

ट्रेन्डिङ ( साप्ताहिक )