Logo
८ माघ २०८२, बिहीबार

जिल्लास्तरीय फुटबलमा चुरे गाउँपालिका पहिलोपटक सहभागी हुँदै

अक्षरपाटी
२०८२ पुस ९ , बुधबार ०७:१२ मा प्रकाशित

धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ।

कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो।

प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ।

पुस १८ देखि २६ गतेसम्म हुने प्रतियोगितामा कैलालीका सबै स्थानीय तहको सहभागिता रहने युवा क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिएका छन्।

एक सूचना जारी गर्दै क्लबमा पालिकाका विभिन्न तीन वटा स्कुलमा आन्तरिक प्रतिस्पर्धा गरेर पालिकास्तरीय खेलाडी छनोट गरिने जनाइएको छ।

पुस १० गते शिव मावि किम्तोला, शुक्र मावि खानीडाँडा र मेलकट्टेश्वर बयालामा तथा ११ गते जगातीमा आन्तरिक प्रतिस्पर्धा गरेर पालिकाबाट खेलाडिको छनोट गरिने क्लबले जारी गरेको सूचनामा उल्लेख छ।

चुरे गाउँपालिका