
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षति सम्बन्धी विषयमा जाँचबुझ आयोगसमक्ष बयान दिन सिंहदरबार पुगेका छन्।
आयोगले पत्राचारमार्फत आइतबारसम्म उपस्थित हुन भने पनि लेखक सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा उपस्थित भएका हुन्। भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिका विषयमा तत्कालीन गृहमन्त्रीको हैसियतमा आयोगले लेखकसँग बयान लिन लागेको हो।
जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। आयोगले आन्दोलनका क्रममा भएका गतिविधि, क्षतिको अवस्था र जिम्मेवारी निर्धारणबारे तथ्य संकलन तथा अध्ययन गरिरहेको जनाएको छ।
रमेश लेखक


