Logo
१२ साउन २०८३, मंगलबार

बागमारालाई हराउँदै संघर्ष स्पोर्ट्स क्लब गोदावरी फाइनलमा

अक्षरपाटी
२०८२ पुस २४ , बिहीबार ०४:०१ मा प्रकाशित

धनगढी । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा संघर्ष स्पोर्ट्स क्लब गोदावरी फाइनलमा प्रवेश गरेको छ।

पहिलो सेमिफाइनलमा संघर्षले बागमारा स्पोर्ट्स क्लब लम्कीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलको २७औं मिनेटमा आदित्य बडुवालले गोल गर्दै संघर्षलाई अग्रता दिलाए। दोस्रो हाफमा तिलक कडायत र प्रकाश शाहीले थप गोल गर्दै जित सुनिश्चित गरे।

खेलको म्यान अफ द म्याच आयुष महर घोषित भए। अब संघर्षले उपाधिका लागि गौरीगंगा ११ स्पोर्ट्स क्लब र साहारा युवा क्लब पहलमानपुरबीचको विजेतासँग फाइनल खेल्नेछ।

कैलाली जिल्ला फुटबल संघको आयोजना तथा बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा प्रतियोगिता पुस २६ गतेसम्म सञ्चालन हुनेछ।