Logo
२१ फागुन २०८२, बिहीबार

हजारौँ समर्थककाबीच बालेनले गराए उम्मेदवारी दर्ता (तस्विरहरु)

अक्षरपाटी
२०८२ माघ ६ , मंगलबार ०१:०१ मा प्रकाशित

झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा पुगेर उम्मेदवारी दर्ता गराएका छन्।

हजारौँ समर्थकबीच उनी दमक नगरपालिका ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन गराएका हुन्।

बालेनले उम्मेदवारी दिएको क्षेत्र झापा ५ बाटै एमाले अध्यक्ष केपी ओली पनि उम्मेदवारी दिँदैछन्।

काठमाडौंको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ।

उम्मेदवारी दर्ता गराउन हिजो जनकपुर झरेका बालेनलाई हजारौँ समर्थकले स्वागत गरेका थिए। आज सडक नै जाम हुनेगरी समर्थकको बीचमा बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

बालेन शाह रास्वपा

ट्रेन्डिङ ( साप्ताहिक )