Logo
८ माघ २०८२, बिहीबार

चुनावी सरगर्मीसँगै तात्यो शेयर बजार

अक्षरपाटी
२०८२ माघ ८ , बिहीबार ०३:०१ मा प्रकाशित

काठमाडौं। साताको अन्तिम कारोबार दिन आज शेयर बजार झिनो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज आज ९.२३ अंकले बढेर २७१४.६१ बिन्दुमा बन्द भएको छ।

बुधबार नेप्से ९.४३ अंकले घटेर २७०५.३८ बिन्दुमा बन्द भएको थियो।

आज कारोबारमा आएका १६२ कम्पनीको शेयरमूल्य बढेको हो। भने ८८ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। आज बजारमा नौ अर्ब सात करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार नेप्सेमा आठ अर्ब ९२ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ। यस कम्पनीको आज ४० करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

सर्वाधिक मूल्य बढ्नेमा एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज कम्पनी रहेको छ।

यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। आज कालिका पावर कम्पनीको शेयरमूल्य ६.२५ प्रतिशतले घटेको छ।