

एजेन्सी। अस्ट्रियामा एउटा घरपालुवा गाईले जीउ कन्याउन औजार प्रयोग गरेको देखेपछि वैज्ञानिकहरू चकित परेका छन्।
उनीहरुले सो दृश्यपछि गाईहरूको सङ्ज्ञानात्मक क्षमताबारे अध्ययन थालेका छन्।
भिएनास्थित भेटरिनरी मेडिसिन विश्वविद्यालयसँग आबद्ध अनुसन्धानकर्ता डा आन्टोनिओ जे ओसुना मास्कारो भन्छन्, ‘हामीलाई गाईहरूले औजार चलाउन सक्छन् भन्ने लाग्दैनथ्यो अनि तिनले एउटै साधनलाई भिन्नभिन्न तरिकाले प्रयोग गर्ने अपेक्षा गरेका थिएनौँ।’
यसअघिसम्म यस्तो क्षमता चिम्पान्जीहरूमा देखिएको विवरणहरू निरन्तर आउने गरेका थिए।
-बीबीसी




