Logo
२१ फागुन २०८२, बिहीबार

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र चुनाव चिन्ह बाढ्ने

अक्षरपाटी
२०८२ माघ ९ , शुक्रबार ०७:०१ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन अब ४१ दिन बाँकी छ ।

आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने छन्।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

आजै दिउँसा १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो।

निर्वाचन आयोग

ट्रेन्डिङ ( साप्ताहिक )