Logo
२६ फागुन २०८२, मंगलबार

पार्टीका उम्मेदवारलाई बालेनले भने : जनताका गुनासो सुन्नु

अक्षरपाटी
२०८२ माघ ११ , आईतबार ०५:०१ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीबाट उम्मेदवार बनेकाहरुसँगको भेटघाटमा व्यस्त भएका छन्।

झापा ५ मा उम्मेदवारी दर्ता गराएर निर्वाचन क्षेत्र र पूर्वी नेपालमा राजनीतिक भेटघाट र सभामा सक्रिय रहेका शाह यतिबेला काठमाडौंमा छन्।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धामा रहेका कारण बालेन थप चर्चामा छन्।

निर्वाचन क्षेत्रबाट काठमाडौ फर्किएका उनी आज प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार बनेका उम्मेदवारहरुसँग चुनावी अभियानबारे छलफलमा जुटेका हुन्। उनले पार्टीका उम्मेदवारलाई ढुक्क भएर चुनावी अभियानमा लाग्न सुझाएका छन्।

शाहले विभिन्न उम्मेदवारसँग छुट्टाछुट्टै छलफल गरेको उनको सचिवालयले जनाएको छ। छलफलमा वरिष्ठ नेता शाहले मतदाताको गुनासो सनेर चुनावी अभियानमा केन्द्रित हुन उम्मेदवारहरुलाई सुझाव दिएका छन्।

बालेन शाह रास्वपा