

कैलाली। नेपाली काँग्रेस कैलालीले प्रचार-प्रसार समितिको जिम्मेवारी पार्टीका जिल्ला सचिव केशव मिश्रलाई दिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रचार-प्रसार समितिको जिम्मेवारी मिश्रलाई दिएको हो। उनले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रको प्रचारको कमान सम्हाल्नेछन्।
नेपाली काँग्रेस कैलालीको जिल्ला कार्यसमिति बैठकले मिश्रको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेको हो।
निर्वाचनको प्रचार-प्रसारलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले समिति गठन गरिएको पार्टीले जनाएको छ।
प्रचार–प्रसार समितिमा नेपाल प्रेस युनियन कैलाली जिल्ला कार्यसमिति तथा लम्की शाखाका कार्य समितिका पदाधिकारीहरू सदस्यका रूपमा रहने छन्।
‘हामी परम्परागत प्रचारसँगै डिजिटल माध्यम, सामाजिक सञ्जाल र प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकतामा राखेर अघि बढ्छौं,’ मिश्रले भने, ‘स्वस्थ प्रतिस्पर्धाका लागि मर्यादित र तथ्यमा आधारित प्रचार नै हाम्रो मूल उद्देश्य हुनेछ ।’
केशव मिश्र नेपाली कांग्रेस



