Logo
१३ माघ २०८२, मंगलबार

निर्जीवन बीमा कम्पनीले गरे याे आर्थिक वर्षको दोस्राे त्रैमासमा साढे २३ अर्बको काराेबार

अक्षरपाटी
२०८२ माघ १३ , मंगलबार ०५:०१ मा प्रकाशित

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म साढे २३ अर्बको ब्यवसाय गरेका छन्।

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले ६ महिनाको अवधिमा कुल बीमा शुल्क २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीले आर्जन गरेको ब्यवसाय गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा १३.३७ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

सर्वाधिक ब्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। ६ महिनामा कम्पनीको ब्यवसाय ७.१९ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय २ अर्ब ५९ करोड २ लाख रुपैयाँ रहेको थियो ।

सर्वाधिक ब्यवसाय आर्जन गर्ने दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.३४ प्रतिशतले बढेर २ अर्ब ६१ करोड, तेस्रो नम्बरमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४५ प्रतिशतले बढेर २ अर्ब ४९ करोड पुगेको छ।

चौथो नम्बरमा सिद्धार्थ प्रिमियरको २.७३ प्रतिशतले बढेर २ अर्ब १९ करोड र आइजिआई प्रुडेन्सियलको १९ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको हो।

सर्वाधिक ब्यवसाय वृद्धि गर्नेमा हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स पहिलो नम्बरमा छन्।

दोस्रो त्रैमाससम्मको अवधिमा एनएलजी इन्स्योरेन्सको ब्यवसाय ३३.५५ प्रतिशतले बढेर १ अर्ब ८७ करोड, नेको इन्स्योरेन्सको ८.२७ प्रतिशतले बढेर १ अर्ब ८० करोड पुगेकाे छ।

युनाइटेड अजोडको २७.२९ प्रतिशतले बढेर १ अर्ब ५३ करोड, ओरियन्टल इन्स्योरेन्सको ११ प्रतिशतले बढेर १ अर्ब ५० करोड, सानिमा जीआईसीको १९.७१ प्रतिशतले बढेर १ अर्ब ४२ करोड, नेपाल इन्स्योरेन्सको ८ प्रतिशतले बढेर १ अर्ब १८ करोड, प्रभु इन्स्योरेन्सको ३.६९ प्रतिशतले बढेर ९३ करोड ७२ लाख र नेशनल इन्स्योरेन्सको १२.४४ प्रतिशतले बढेर ६९ करोड ९३ लाख रुपैयाँ रहेको छ।

राष्ट्रिय बीमा कम्पनीको ब्यवसाय भने २०.३४ प्रतिशतले घटेर ५६ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ।

निर्जीवन बीमा