Logo
२६ फागुन २०८२, मंगलबार

आइसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्र छैटौं स्थानमा उक्लिए

अक्षरपाटी
२०८२ माघ १४ , बुधबार ०३:०१ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीले उल्लेखनीय सुधार गरेका छन्। बुधबार सार्वजनिक गरिएको नयाँ वरीयताअनुसार ऐरी आठौं स्थानबाट उक्लिँदै छैटौं स्थानमा पुगेका हुन्।

त्यसैगरी, कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा दुई स्थान सुधार गर्दै २६औं स्थानबाट २४औं स्थान हासिल गरेका छन्।

यता, नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको वरीयता भने खस्किएको छ। उनी ४३औं स्थानबाट ओरालिँदै ४५औं स्थानमा पुगेका छन्।

अन्य नेपाली खेलाडीहरूमा गुल्सन झा ५१औं, कुशल मल्ल ८९औं तथा करण केसी ९९औं स्थानमा यथावत् रहेका छन्।