



कैलाली । नेपाली कांग्रेसका कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले खेलकुदले युवाबीच आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने बताएका छन्।
गौरीगंगा नगरपालिका–५ अण्डैया बालुवाटारस्थित खेलकुद मैदानमा खेलाडीहरूसँग कुराकानी गर्दै उनले खेलकुदले युवालाई लागूऔषध दुव्र्यसनीबाट टाढा राख्दै स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउने बताए।
उनले युवाका लागि खेलमैदान, स्टेडियम र व्यायामशाला निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
आनन्द विष्ट



