Logo
२८ भदौ २०८३, आईतबार

नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

अक्षरपाटी
२०८२ माघ २९ , बिहीबार ०५:०२ मा प्रकाशित

काठमाडौं। आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले इटालीविरुद्ध १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १९.३ ओभरमा १२३ रनमै अलआउट भयो।

आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए।

खेलकुद टी–२० विश्वकप

ट्रेन्डिङ ( साप्ताहिक )