Logo
२६ फागुन २०८२, मंगलबार

प्रतिनिधिसभा चुनावका लागि ७५ जिल्लामा निर्वाचन सामग्री र मतपत्र पुर्याइयो

अक्षरपाटी
२०८२ फागुन १३ , बुधबार ०१:०२ मा प्रकाशित

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७५ जिल्लामा मतपत्रसहित निर्वाचन सामग्री पुर्‍याइएको छ। निर्वाचन आयोगले काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा आवश्यक सामग्री ढुवानी सम्पन्न भएको जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार ‘पहिलो हुने निर्वाचित हुने’ प्रणाली र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्रसमेत सम्बन्धित जिल्लामा पठाइसकिएको छ।

बाँकी रहेका काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने आयोगले जानकारी दिएको छ।

निर्वाचन नजिकिँदै जाँदा देशभरका मतदान केन्द्रमा आवश्यक तयारी तीव्र पारिएको छ।

निर्वाचन निर्वाचन आयोग