Logo
३ वैशाख २०८३, बिहीबार

झापा–५ मा ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०७:०३ मा प्रकाशित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बर बढी मतले अगाडि देखिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् भने ओलीले ३ सय ८४ मत पाएका छन्।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १ सय ३९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ५९ र नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रमा मतगणना जारी रहेको छ।

बालेन शाह