



काठमाडौं । बालेन शाह ले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोग मा बुझाएका छन् । यससँगै उनी चुनाव खर्च सार्वजनिक गर्ने पहिलो उम्मेदवार बनेका छन् ।
झापा–५ बाट निर्वाचित शाहले आफ्नो कुल चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ भएको विवरण पेश गरेका हुन् । उनको खर्च १५ लाख रुपैयाँभन्दा कम रहेको देखिन्छ ।
निर्वाचन आयोगमा बुझाइएको विवरण अनुसार सवारी साधन भाडामा २ लाख ९३ हजार ५०० रुपैयाँ, हवाइ भाडामा ३५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्चमा २९ हजार ३९० रुपैयाँ र वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख छ ।
त्यस्तै, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । मनोनयन दर्ताका लागि भने १० हजार रुपैयाँ खर्च भएको देखिएको छ ।
निर्वाचन आयोग बालेन शाह



