Logo
१५ चैत्र २०८२, आईतबार

डोटीमा माटोकाे ढिस्कोले पुरिएर १६ वर्षीया किशोरीको मृत्यु

अक्षरपाटी
२०८२ फागुन २६ , मंगलबार ०३:०३ मा प्रकाशित

डोटी । घर लिपपोतका लागि माटो खन्न गएकी डोटीको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार आज बिहान ९ः४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ।

डाेटी दुर्घटना