Logo
३ वैशाख २०८३, बिहीबार

महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता

अक्षरपाटी
२०८२ चैत्र २ , सोमबार ०५:०३ मा प्रकाशित

धनगढी – दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् ।

महाकाली नदीमा सोमबार पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी पौडी खेल्ने क्रममा महाकाली नगरपालिका–५ बसपार्क नजिकबाट बेपत्ता भएका हुन् ।

साथीहरुसँग पौडी खेल्न गएका धामी नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै गएका दुई साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )