



काठमाडौं। अमेरिका र इरानबीचको तनाव थप बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाभित्र स्ट्रिट अफ हाेर्मुज पूर्ण रूपमा नखोले सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
ट्रम्पले भनेका छन्- ‘यदि इरानले तोकिएको समयसीमाभित्र जलडमरूमध्य खुला नगरेमा अमेरिकाले इरानका प्रमुख ऊर्जा केन्द्रमाथि आक्रमण सुरु गरिनेछ।’
उनले आक्रमण ‘सबैभन्दा सुरु हुने’ र त्यसपछि अन्य प्रमुख केन्द्रहरूमा विस्तार गरिने चेतावनी दिएका छन्।

अमेरिका र इरानबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला यो चेनावनीलाई थप चिन्ताको विषयका रुपमा हेरिएको छ।
होर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै संवेदनशील मार्ग मानिन्छ, जहाँबाट ठूलो मात्रामा तेल ओसारपसार हुने गर्दछ।
विश्लेषकहरूले ट्रम्मको यसखाले अभिव्यक्तिले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षा र ऊर्जा बजारमा ठूलो असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
इरान-अमेरिका तनाव



