Logo
१७ वैशाख २०८३, बिहीबार

विभिन्न धार्मिक अनुष्ठानसहित बालेन प्रधानमन्त्रीको शपथ लिँदै

अक्षरपाटी
२०८२ चैत्र ११ , बुधबार ०६:०३ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चैत १३ गते शुक्रबार नेपालको इतिहासमै पहिलो युवा प्रधानमन्त्रीका रूपमा शपथ लिँदैछन्।

प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रमको ढाँचा अन्यबेलाभन्दा फरक शैलीमा तयार पारिएको छ। शपथ ग्रहण कार्यक्रमलाई विशेष र भव्य बनाउन विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरू गरिने भएका छन्।

कार्यक्रमअनुसार ७ वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकद्वारा स्वस्ति-शान्ति वाचन गरिने छ। १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठको कार्यक्रम समेत समावेश गरिएको छ।

शपथ कार्यक्रममा मित्र राष्ट्रहरूबाट उच्च राजनीतिक नेतृत्वको सहभागिता रहनेछ भने नेपालस्थित कूटनीतिक नियोगका उच्च अधिकारीहरू पनि उपस्थित रहने बताइएको छ।

स्रोतका अनुसार बालेनले आफ्नाे मन्त्रिमण्डलमा समावेश हुने मन्त्रीहरुको नाम करिब करिब टुंगाे लगाइसकेकाे बुझिएको छ।

प्रधानमन्त्री बालेन शाह