



काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
देउवालेको शुभकामना सन्देशमा नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै देशको समग्र विकास, सुशासन, आर्थिक समृद्धि र राजनीतिक स्थायित्व कायम गर्न सरकार सफल हुने अपेक्षा व्यक्त गरेका छन्।
देउवाले आजै नियुक्त भएका मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई पनि बधाई दिँदै उनीहरूको कार्यकाल सफल, परिणाममुखी र जनमुखी बन्ने विश्वास व्यक्त गरेका छन्।





