



काठमाडौं। नवगठित बालेन शाह नेतृत्वकाे सरकारको पहिलो बैठकले महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले शासकीय सुधारका १०० कार्यसूची स्वीकृतलगायत सुशासनका लागि विभिन्न निर्णय गरेको हो।
बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो।
सरकारले शिक्षा मन्त्री सस्मित पाेखरेललाई आधिकारिक प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।
सरकारले शासकीय सुधारका लागि तयार पारिएको ‘सय कार्यसूची’ स्वीकृत गरेको छ। उक्त कार्यसूची भोलि सार्वजनिक गरिने जनाइएको छ।
जसले प्रशासनिक सुधार र सेवा प्रवाहमा प्रभावकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत आजको बैठकले गरेको छ।
यसअन्तर्गत सुरक्षा संयन्त्रसँग सम्बन्धित सिफारिसका लागि छुट्टै अध्ययन समिति गठन गरिने र उक्त समितिको सुझावका आधारमा आवश्यक निर्णय लिइनेछ। अन्य सिफारिसहरू भने तत्काल कार्यान्वयन गरिने सरकारले निर्णय गरेको छ।
बालेन शाह मन्त्रिपरिषद् बैठक



