Logo
३ वैशाख २०८३, बिहीबार

केही समय तनावमय बनेकाे बबरमहल क्षेत्र शान्त बन्यो

अक्षरपाटी
२०८२ चैत्र १४ , शनिबार ०५:०३ मा प्रकाशित

काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पक्राउको विराेधमा तनावग्रस्त बनेकाे बबरमहल क्षेत्र शान्त बन्दै गएको छ।

शुरक्षाकर्मीको बाक्लो उपस्थितिले भीडलाई तितरवितर गरेपछि भीक कम भएको हो। माइतीघर मण्डला आसपास एमाले र एमालेसम्बद्ध संगठनहरूले प्रदर्शन सुरु गरेपछि केहीबेर अवस्था तनावमय बनेकी थियो।

प्रदर्शनका क्रममा सडकमा टायर बालेर अवरुद्ध गरिएको थियो भने एउटा निजी सवारीसाधनमा तोडफोड गरिएको थियो।

सडकका डिभाइडरहरू ताेडफोड गर्ने काम प्रर्दशनकारीले गरेका थिए। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको थियो। लाठी चार्जका क्रममा एक जना घाइते भएको अपुस्ट सूचना बाहिरिएको छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले निषेधित क्षेत्र तोड्न खोज्ने सात जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

प्रदर्शनकारीहरूले सिंहदरबार प्रवेश गर्न खोजेका थिए। आज बिहान केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेपछि यसको विरोधमा प्रदर्शन भएको हो।

हाल ओली त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन् भने लेखक महाराजगन्जस्थित प्रहरी गणमा राखिएका छन्।

एमाले आन्दोलन बबरमहल

ट्रेन्डिङ ( साप्ताहिक )