Logo
३ वैशाख २०८३, बिहीबार

दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको अध्यक्षमा लबदेव धामी सर्वसम्मत चयन

अक्षरपाटी
२०८२ चैत्र १४ , शनिबार ०६:०३ मा प्रकाशित

धनगढी – दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको पाँचौं अधिवेशनबाट लबदेव धामीको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ। समाजकी निवर्तमान अध्यक्ष सरस्वती महराका अनुसार चैत १४ गते शनिबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा लबदेव धामी चयन भएका छन् भने प्रथम उपाध्यक्षमा राकेश नेगी, द्वितीय उपाध्यक्षमा धीरज बिष्ट र महिला उपाध्यक्षमा अनिता मडै चयन भएका छन्। यस्तै सचिवमा गणेश धामी, सहसचिवमा निर्मला भट्टराई, कोषाध्यक्षमा शर्मिला धानुक र सह-कोषाध्यक्षमा किरण मडै सर्वसम्मत चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा सुरेन्द्र बोहरा, निर्मला भट्टराई, दिपक सिंह ऐर, रोशन बोहरा, दिपिन जोशी, भूपेन्द्र अवस्थी, पवित्रा कुमारी चन्द, भागरथी भट्टराई, महेश महरा, अनिषा भाट, उद्धव अवस्थी, कमल बोहरा र हिमाल धामी रहेका छन्।

समाजले पाँचौं अधिवेशनमार्फत सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको सचिव गणेश धामीले जानकारी दिएका छन्।

दशरथ-चन्द लबदेव धामी