



काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन शाह नेतृत्वकाे सरकारले अघि सारेका शासकीय सुधार सम्बन्धि कार्यसूचीलाई भ्रष्टाचार नियन्त्रणतर्फको ‘प्रशंसनीय सुरुवात’ भनेकाे छ।
सरकारले चालेका कदमकाे स्वागत गर्दै संस्थाद्वारा जारी वक्तव्यमा जनताको सुशासनप्रतिको चाहनाअनुसार करिब दुई-तिहाइ बहुमतबाट पारित कार्यसूचीले लामो समयदेखि उठाइँदै आएका सुशासनका मुद्दाहरूलाई समेटेको उल्लेख गरिएको छ।
कार्यसूचीले जनअपेक्षा र मागलाई सम्बोधन गर्ने विश्वास पनि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले व्यक्त गरेको छ।
वक्तव्यमा पहिलो मन्त्रिपरिषद् बैठकले समयसीमासहित विस्तृत कार्यसूची पारित गर्नु सरकारको दृढ प्रतिबद्धताको संकेत भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकाे ठम्याइ छ।
‘नवगठित सरकारको प्रारम्भिक कदमले सुशासनप्रति सकारात्मक सन्देश दिएको छ’, वक्तव्यमा भनिएको छ।
संस्थाले कार्यसूचीमा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयन सुरु भइसकेकोमा सन्तोष व्यक्त गर्दै तोकिएको समयसीमाभित्र परिणाम आउने अपेक्षासमेत गरिएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल



