Logo
८ वैशाख २०८३, मंगलबार

कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

अक्षरपाटी
२०८२ चैत्र २० , शुक्रबार ०७:०४ मा प्रकाशित

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ वन कार्यालय नजिकै डुडेझारी सडकखण्डमा बिहीबार राति सुदूरपश्चिम प्रदेश ०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि टिकापुर अस्पताल लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे भने थप अनुसन्धान गरिरहेको छ ।