Logo
४ वैशाख २०८३, शुक्रबार

अब शनिबार र आइतबार बिदा, शैक्षिक सत्र वैशाख १५ बाट

अक्षरपाटी
२०८२ चैत्र २२ , आईतबार ०३:०४ मा प्रकाशित

कार्यालय ९ देखि ५ बजेसम्म

काठमाडाै‌ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले नागरिकको दैनिकीसँग जोडिएका तीन महत्वपूर्ण निर्णय गरेको छ।

अब उप्रान्त शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक सँस्था बन्द गर्ने निर्णय गरेको छ। मध्येपूर्वको युद्धका कारण इन्धनमा असहजताका कारण यसो गर्नुपरेको सरकारकाे भनाइ छ।

शनिबार र आइतबार बिदा दिने निर्णय चैत २३ गतेदेखि लागू हुने सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सम्मित पोखरेलले बताए।

यस्तै सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय समेत गरेको छ।

प्रवक्ता पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै अबउप्रान्त सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि नै सुरु हुने र साँझ ५ बजेसम्म सञ्चालन हुने निर्णय पनि सरकारले गरेको छ।
प्रवक्ता पोखरेलका अनुसार यो निर्णय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा मात्र लागू हुनेछ ।

सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्ने निर्णय समेत गरेकाे छ । त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था मिलाउने समेत आजकाे मन्त्रिपरिषद्ले गरेकाे छ।

बालेन शाह मन्त्रिपरिषद सरकारी बिदा