



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आज (मंगलबार) देखि सुरु हुँदै छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका हुन् । गत चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम चैत २४ गते मंगलबार अपराह्न ४ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए ।
उक्त सिफारिसलाई अनुमोदन गर्दै प्रदेश प्रमुख मियाँले अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाएका हुन् । यससँगै प्रदेश सभाको सातौँ अधिवेशन औपचारिक रूपमा सुरु हुनेछ । यसअघि प्रदेश सभाको छैटौँ अधिवेशन गत माघ २५ गते अन्त्य भएको थियो ।
सुदूरपश्चिम पश्चिम



