Logo
४ वैशाख २०८३, शुक्रबार

सुदूरपश्चिम प्रहरी गणमा कार्यरत एक जनाको लडेर मृत्यु

अक्षरपाटी
२०८३ वैशाख ३ , बिहीबार ०५:०४ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यालय सहयोगी (भान्से)को लडेर मृत्यु भएको छ । 

गणको मेस भवनको भान्साको माथिल्लो तलामा सरसफाइ गर्ने क्रममा लडेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का २७ वर्षीय अजय चौधरीको मृत्यु भएको हो ।

वैशाख २ गते बिहान ड्युटीकै क्रममा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले भने उपचारमा चिकित्सकको लापरबाहीका कारण चौधरीको मृत्यु भएको आरोप लगाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लडेर मृत्यु

ट्रेन्डिङ ( साप्ताहिक )