



काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्।
दिउँसो १२ बजेका लागि तय भएकाे वार्तमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सातवटा प्रतिष्ठानका उपकुलपतिहरू सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बैठकमा विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या समाधान र प्रधानमन्त्री कुलपति रहने व्यवस्थाबारे पुर्विचार हुने बताइएकाे छ।
बैठकमा त्रिभुवन, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल, पोखरा र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सहभागी हुने छन्।
नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुने बताइएको छ।
साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्नेछन्।
यस्तै उहाँले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफल गर्नेछन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरु पनि छलफलमा सहभागी हुनेछन्।
उपकुलपति बालेन शाह विश्वविद्यालय



