Logo
१० असार २०८३, बुधबार

शिक्षामन्त्री र अस्ट्रेलियाका राजदूतबीच भेटघाट

अक्षरपाटी
२०८३ वैशाख २५ , शुक्रबार ०६:०५ मा प्रकाशित

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, शिक्षा, विकास साझेदारलगायत विषयमा कुराकानी भएको थियो।

विशेष गरी उनीहरूबीच उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको थियो।

भेटमा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका राम्र कार्यक्रममा सहकार्य र साझेदारीका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानुनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गरे।

मन्त्री पोखरेलले विश्व स्तरीय शिक्षा नेपालमै दिने गरी नीतिगत सुधार गरेर जानुपर्नेमा जोड दिए। उनले विद्यालय शिक्षा क्षेत्रमा सुधारका अरू विकास साझेदारहरूसँग जस्तै अस्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए।

राजदूत अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रवन्धकका बारेमा चासो व्यक्त गर्दै 
उनले उच्च शिक्षाका राम्रा अष्ट्रेलियन कार्यक्रमहरुमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गरे। पछिल्लो समय अष्ट्रेलियाले करिब ७० प्रतिशन नेपाली विद्यार्थीको भिजा अस्वीकृत गर्ने गरेको छ।

अस्ट्रेलिया राजदूत साइमन सस्मित पोखरेल