


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बिहान ११ बजेदेखि सुरु भएको छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार छलफलमा मुलुकको समसामयिक राजनीतिक अवस्था, प्रदेशसँग सम्बन्धित विषय तथा आपसी समन्वयका मुद्दामाथि विचारविमर्श भइरहेको छ।
प्रधानमन्त्रीसँगको भेटमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।
छलफलको विस्तृत निष्कर्षबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
बालेन शाह

