Logo
१८ भदौ २०८३, बिहीबार

उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता, मृत्यु भए परिवारलाई १० लाख

अक्षरपाटी
२०८३ भदौ १८ , बिहीबार ०५:०९ मा प्रकाशित

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई निःशुल्क औषधि उपचार उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णयअनुसार खोज तथा उद्धारका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।

सरकारले भोटेकोशी बाढीपछि जोखिमपूर्ण क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीको योगदानलाई ध्यानमा राख्दै जोखिम भत्ता, खाजा खर्च, उपचार तथा मृत्यु भएमा राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

जोखिम भत्ता सुरक्षाकर्मी

ट्रेन्डिङ ( साप्ताहिक )