



काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका व्यक्तिलाई गृहमन्त्री सुधन गुरुङले आफै सहजीकरण गर्दै काठमाडौं पठाउने व्यवस्था मिलाएका छन्।
वरपर सुरक्षाकर्मी लस्कर भए पनि गृहमन्त्री गुरुङले आफै अक्सिजन बोकेर उद्धार गरिएकालाई सुरक्षित स्थानसम्म पुर्याउन सहजीकरण गरेको दृश्य उनको सचिवालयले सार्वजनिक गरेको छ।
उद्धार गरिएका व्यक्तिलाई आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको हो। उद्धारपछि उनीहरूको स्वास्थ्य अवस्थाबारे आवश्यक समन्वय र व्यवस्थापन भइरहेको बताइएको छ।
यसैबीच, सुरुङभित्रबाट थप आवाज सुनिएको जानकारी प्राप्त भएको छ। आवाज सुनिएपछि उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी थप खोज तथा उद्धार कार्य अघि बढाइरहेको छ।
यसअघि सुरुङबाट सञ्जय साह र कबीर महर्जनलाई जीवितै उद्धार गरिएको थियो। साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
उद्धार टोलीले सुरुङभित्र अझै कोही फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
गृहमन्त्री सुधन गुरुङ त्रिशूली–३ ‘ए’ सुरुङ उद्धार

