



काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक डाकेका छन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित नागरिकको पुनस्थापनामा जुटिरहेको छ।
सोही सन्दर्भमा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय लिन बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद् बैठक

